रुसको आक्रमणमा परी ३ सय युक्रेनी नागरिकको मृत्यु

रुसको आक्रमणमा परी ३ सय युक्रेनी नागरिकको मृत्यु

ukraine

काठमाडौँ । रुसको आक्रमणमा युक्रेनको मारिपोल सहरमा आश्रय लिएर बसेका करिब ३ सय जना नागरिकको मृत्यु भएको छ।

एक महिनादेखि आक्रमण जारी राखेको रुसको आक्रमणबाट जोगिन सर्वसाधारण नागरिक मारिपोलस्थित थिएटरको अण्डरग्राउण्डमा आश्रय लिएर बसेका थिए । रुसले थिएटरलाई निशाना बनाएर गोलाबारी गरेका बेला करिब ६ सय सर्वसाधारण अन्डरग्राउण्ड आश्रयस्थल लिएर बसेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण गर्दै आएको छ । मारिओपोलको थिएटरमा भएको आक्रमण अहिलेसम्म जानकारीमा आएका घटनामध्ये एकै ठाउँमा रुसी आक्रमणका कारण सबैभन्दा धेरै मानिसको ज्यान गएको घटना हो।

रुसी सैनिकको घेराबन्दीमा रहेको मारिओपोल सहरको धेरै ठाउँमा सञ्चार सेवा अवरुद्ध भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds