माछा मार्ने क्रममा बम विस्फोट, एक जना गम्भीर घाइते

माछा मार्ने क्रममा बम विस्फोट, एक जना गम्भीर घाइते

bom blast-3

रामेछाप । रामेछापमा माछा मार्ने क्रममा बम विस्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

रामेछाप नगरपालिका–४ हिमगंगाको धारापानी बसेरीस्थित लिखु नदीमा विस्फोटक पदार्थ प्रयोग गरी माछा मार्ने क्रममा स्थानीय ३४ वर्षीय टुकबहादुर श्रेष्ठ गम्भीर घाइते भएका हुन् ।

घाइते श्रेष्ठको स्थानीय साँघुटार स्वास्य चौकीमा सामान्य उपचारपछि थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौँ पठाइएको र अहिले उनको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थल आसपासबाट विस्फोटक पदार्थसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली कमलामाई–५ का ३० वर्षीय बुद्ध लामा र वडा नं–४ का ५२ वर्षीय रामबहादुर विक तथा भद्रकाली गाउँपालिकाका २९ वर्षीय निल लामा रहेका छन् ।

उनीहरुमाथि विस्फोटक पदार्थ ऐनअनुसार मुद्दा दर्ता गरेर जिल्ला अदालतबाट म्याद थप गरी कारबाहीका लागि अनुसन्धान बढाइने प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ