बूढानीलकण्ठमा श्रीमानले गरे श्रीमतीको हत्या

बूढानीलकण्ठमा श्रीमानले गरे श्रीमतीको हत्या

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका–१३, चुनिखेलमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उदयपुर घर भइ चुनिखेलमा बस्दै आएका २१ वर्षीय भक्तबहादुर थापा रहेका छन् ।

गएराति पौने १२ बजे सामान्य घरायसी विवादमा थापाले श्रीमती २४ वर्षीय लक्ष्मी तामाङ (थापा)लाई दाउले प्रहार गरेका थिए ।

गम्भीर घाइते भएकी लक्ष्मीलाई तकाल उद्दार गरी स्थानीय अस्पतालमा भर्ना गरिए पनि चिकित्सकहरुले मृत घोषित गरेका थिए।

घटनालगत्तै फरार रहेका भक्तलाई पक्राउ गरेर महानगरीय प्रहरी प्रभाग, बूढानिलकण्ठमा राखि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ