कास्की जिल्ला अदालतमा तोडफोड, चोरीको आशंका

कास्की जिल्ला अदालतमा तोडफोड, चोरीको आशंका

kaski-court

पोखरा । कास्की जिल्ला अदालतको इजलाश कक्षमा तोडफोड भएको छ ।

गत राति अदालतको १ नम्बर र ६ नम्बर इजलास कक्षमा तोडफोड भएको प्रहरीले जनाएको छ ।

१ नम्बर इजलासमा प्रमुख न्यायाधीश श्रीकृष्ण भट्टराई र ६ नम्बर इजलासमा देवप्रसाद योगीले मुद्दा हेर्दै आएका थिए । १ नम्बर इजलास कक्षको ढोका मात्रै फोरिए पनि ६ नम्बर इजलास कक्षमा भित्र रहेको दराज पनि फुटाइएको छ ।

दराजमा रहेका महत्वपूर्ण प्रमाण र मिसिलहरू चोरी भएको आशंका प्रहरीको रहेको छ ।

आज बिहान सरसफाई गर्न आएकी कर्मचारीले इजलास कक्षका ढोका फुटेको देखेपछि माथिल्लो तहका कर्मचारीलाई खबर गरेकी थिइन् ।

इजलाशबाट सामानहरु हराएको वा होइन भन्ने विषयमा अहिले छानविन भइरहेको प्रहरीले जनाएको छ । ढोका फोड्न प्रयोग गरिएको फलामको रड बरामद भएको जनाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds