जमिन मूनि लुकाई राखेको लागु औषधसहित पोखराबाट एक व्यक्ति पक्राउ

जमिन मूनि लुकाई राखेको लागु औषधसहित पोखराबाट एक व्यक्ति पक्राउ

bodharaj-grg

पोखरा ।   जमिन मूनि लुकाई राखेको लागु औषध सहित कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

सोमबार पोखरा महानगरपालिका वडा नं -९ शिवटोल बस्ने ३३ वर्षीय चेते भन्ने बोध बहादुर गुरुङले जमिन मूनि माटोले पुरेर लागु औषध लुकाएको भन्ने सूचना पश्चात जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले गुरुङलाई उनले लुकाएको लागु औषधसहित पक्राउ गरेको हो।
प्रहरीका अनुसार गुरुङले पोखरा पृथ्वीचोक निवासी ज्ञानु गुरुङको खालि जग्गामा माटोले पुरेर लुकाई राखेको अवस्थामा अवैध लागु औषध डाईजापाम-२८ एम्पुल, फेनेरागन-३० एम्पुल र नुर्फिन–२९ एम्पुल गरी जम्मा-८७ एम्पुल लागु औषध वरामद भएको थियो।

पक्राउ परेका उनीविरुद्ध लागु औषध सम्बन्धी कसुर अन्तर्गत जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थपको अनुमती लिएर आवश्यक अनुसन्धान कार्य अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ