पूर्वमन्त्री सिंह र अभिनेत्री मानन्धर एमालेमा प्रवेश

पूर्वमन्त्री सिंह र अभिनेत्री मानन्धर एमालेमा प्रवेश

karishma_in_uml

काठमाडौँ । पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेका छन् ।

आज मंगलबार काठमाडौँ भएको कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले पूर्वमन्त्री सिंह, अभिनेत्री मानन्धरलगायतलाई पार्टीमा स्वागत गरेका हुन् ।

समाजवादी जनता पार्टी (सजपा)का अध्यक्षसमेत रहेका पूर्वमन्त्री सिंह एमालेमा प्रवेश गरेपछि सिंगो पार्टी नै एमालेमा समाहित भएको छ ।

पूर्वमन्त्री सिंहले आफूले नेकपा एमाले छाडेर २०६२ सालमा समाजवादी जनता पार्टी गठन गरेको र अहिले आफ्नै घर फर्किएको अनुभूति भएको बताए ।

तीन पटक कानून मन्त्री भइसकेका सिंह पूर्व विज्ञान प्रविधि तथा खानेपानी मन्त्री हुन् ।

अभिनेत्री मानन्धर भने बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीतिमा सक्रिय थिइन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ