सरकारमा हामीलाई हैसियतअनुसारको सहभागिता चाहिन्छः प्रचण्ड

सरकारमा हामीलाई हैसियतअनुसारको सहभागिता चाहिन्छः प्रचण्ड

Prachanda

काठमाडौँ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीलाई हैसियत अनुसार मन्त्रिपरिषदमा सहभागिता चाहिने बताएका छन् ।

मंगलबार जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले मन्त्रिपरिषद् फेरबदलको सम्भावना रहेको र हैसियत अनुसार आफ्नो पार्टीको मन्त्रिपरिषदमा भाग चाहिने बताएका हुन् ।

अध्यक्ष प्रचण्डले गठबन्धन बनाउन र यसलाई टिकाउनमा आफ्नो निकै महत्वपूर्ण भूमिका रहेको कारण त्यस भूमिकाअनुसार सरकारमा सहभगिता जनाउनुपर्ने जिकिर गरे ।

उनले प्रधानमन्त्री देउवासँग पार्टीको हैसियत अनुसार भाग मागेको स्पष्ट पारे । यस विषयमा प्रधानमन्त्री देउवा पनि सकारात्मक रहेको उनको भनाइ थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds