सामुदायिक वनमा पाटे बाघ मृत फेला

सामुदायिक वनमा पाटे बाघ मृत फेला

tiger1

बर्दिया । बर्दियामा एउटा पाटे बाघ मृत फेला परेको छ ।

मधुवन नगरपालिका–२ स्थित जनजागृति सामुदायिक वनमा सोमबार बेलुका बाघ मृत फेला परेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।

कुहिएको अवस्थामा फेला परेकाले उक्त बाघ करिब एक हप्ता अगाडि नै मरेको हुनसक्ने अनुमान गरिएको छ । जंगलमा कुहिएको जस्तो गन्ध आएपछि खोजी गर्दा बाघ मृत फेला परेको हो ।

उक्त बाघलाई शव परीक्षणका लागि गुलरिया ल्याइएको छ । बाघ प्राकृतिक कारणले बुढो भएर मरेको आशंका गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ