मोरङ । मोरङको लेटाङमा आज मंगलबार पनि कर्फ्यू जारी छ।
आइतबार स्थानीयको आक्रमणमा परी महिला प्रहरीको मृत्यु भएपछि सोमबार बिहान ७ बजेदेखि लेटाङका ४ वटा वडामा जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू आदेश जारी गरेको हो ।
लेटाङको वडा ३ र ४ को पश्चिम एरिया गंगे चोक र कमलपुर क्षेत्र, वडा नम्बर ५ का सबै क्षेत्र, उत्तरमा लेटाङको ६ नम्बर वडा कार्यालय क्षेत्र, पूर्वमा मोरंङे खोला क्षेत्र, पश्चिममा चिसाङ खोला क्षेत्रमा कर्फ्यू लगाइएको छ।
यौन दुव्र्यवहारका आरोपीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गर्दा २५ जना प्रहरी घाइते भएका थिए ।
घाइते प्रहरीमध्ये प्रहरी जवान उर्मिला श्रेष्ठको उपचारका लागि अस्पताल लाँदै गर्दा बाटैमा मृत्यु भएको थियो ।
लेटाङको खेरूवास्थित शिक्षा विकास माविका एक शिक्षकले आफ्नै स्कुलकी १२ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको विषयमा आइतबार भएको सर्वपक्षीय छलफलमा आक्रोशित भिडले प्रहरीमाथि नै आक्रमण गरेका थिए । घटनापछि प्रहरीले दोषी खोज्न अपरेशन अभियान तीब्र बनाएको छ ।
शंकास्पदा पाँच जनालाई नियन्त्रणमा समेत लिईसकेको छ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो