अभिनेत्री मानन्धर र पूर्वमन्त्री सिंह नेतृत्वको सजपा एमालेमा प्रवेश गर्दै

अभिनेत्री मानन्धर र पूर्वमन्त्री सिंह नेतृत्वको सजपा एमालेमा प्रवेश गर्दै

Prem_B_Karishma

काठमाडौँ । समाजवादी जनता पार्टी (सजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वमा सिंगै दल र अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।

आज (मंगलबार) दिउँसो १ बजे एमाले पार्टी केन्द्रीय कार्यालय थापाथलीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा प्रवेश गराउने जनाइएको छ ।

मंगलबार पूर्व मन्त्री सिंह अध्यक्ष रहेको समाजवादी जनता पार्टी नै एमालेमा समाहित हुन लागेको हो। तीन पटक कानून मन्त्री भइसकेका सिंह पूर्व विज्ञान प्रविधि तथा खानेपानी मन्त्री हुन् । २०४९ देखि २०६१ सम्म एमाले केन्द्रीय सदस्य रहेका उनी त्यसअघि नेपाल मजदुर किसान संगठनको उपाध्यक्ष थिए।

अभिनेत्री मानन्धर भने बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीतिमा सक्रिय थिइन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ