पोखरामा बालिकाको मुन्द्रा चोरीमा संग्लग्न भएको आरोपमा प्रहरीले एक युवतीसहित तीन जनालाई पक्राउ गरेको छ।
गत चैत्र १ गते पोखरा महानगरपालिका -१ टुंडिखेलस्थित राष्ट्रिय माविमा अध्ययनरत दुई जना बालिकाको सुनको मुन्द्रा चोरेको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीको टोलीले ३ दिनपछि युवतीसहित चोरीमा संग्लग्न रहेको आरोपमा तीनजना लाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा स्याङ्गजा जिल्ला स्थायी घर भइ हाल पोखरा -१५ घलेचोक नयाँगाउ मार्ग बस्दै आएकी अम्बिका पुलामी मगर पोखरा – २३ स्थायी घर भई हाल पोखरा -१७ राष्ट्र बैंक चोक बस्ने वर्ष ६४ का थमन सिंह विश्वकर्मा र पोखरा – २१ निर्मल पोखरी घर भई हाल पोखरा -१ भैरवटोल बस्ने वर्ष २७ का निशान विश्वकर्मा रहेका छन् । थमन सिंह र नितेश विश्वकर्मा सुन पसलका संचालक हुन्।
प्रहरीले उनीहरुको साथबाट ७.६ लाल रहेको सुन जस्तो देखिने पहेँलो धातुले बनेको स-साना मुन्द्राका टुक्राहरू वरामद गरेको छ। अम्बिका पुलामी यस अगाडि पनि सोही प्रकृतिको अपराधमा संग्लग्न भएकोमा कास्की जिल्ला अदालतबाट गत पौष ५ गते एक लाख धरौटी तिरेर छुटेको प्रहरीले जनाएको छ।
हाल उनीहरुमाथि चोरी तथा डाँका कसुरमा जिल्ला अदालत कास्कीबाट ६ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए।
सम्बन्धित खबर
२ अर्ब बढी रकमको अवैध अनलाइन जुवा खेल्ने/खेलाउने ४ भारतीय नागरिक पक्राउ
पार्किङ गरी राखेको मोटरसाइकल चोर्ने धादिङका गुरुङ पक्राउ
७२ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
कास्कीमा एकनाले भरुवा बन्दुक र लागूऔषध गाँजा सहित १ जना पक्राउ
डिपेन्डेन्ट भिसामा यूके लैजान्छु भन्दै ठगी गर्ने दुई युवक पक्राउ
अदालतबाट दोषी ठहर भई फरार १५३ जना कास्कीबाट पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने