पोखरा । आफ्नै आमाको हत्या गर्न लगाएको अभियोगमा प्रहरीले छोरासहित दुई जनालाई पक्राउ गरेको छ।
पोखरा महानगरपालिका -१२ शितलादेवी बस्ने ६७ वर्षीया नौंमाया नेपालीको हत्या अभियोगमा प्रहरीले आफ्नै जेठा छोरा ३६ वर्षीय ओम बहादुर नेपालीसहित कास्कीको मादी गाउँपालिका वडा नं -५ घर भइ हाल सोही स्थान बस्दै आएका ३७ वर्षीय कुमार गुरुङलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार ओम बहादुर वैदेशिक रोजगारीका लागि विदेश गएपनि सोचे जस्तो कमाई हुन नसकेपछि १ वर्ष अगाडि घर फर्किएका थिए। घरमै रहँदा कुलतमा लागेका उनलाई आर्थिक अभाव हुन थालेको थियो। त्यही बीचमा उनले आमा नौंमाया सँग घडेरी बेच्न दबाव दिन थाले तर, आमा नौंमायाले असहमती जनाएपछि उनले कुमार गुरुङलाई आर्थिक प्रलोभन देखाई आमाको हत्या गर्न लगाएका थिए।
आर्थिक प्रलोभनमा परेका गुरुङले चैत्र ३ गते राति साढे दश बजेको समयमा नौंमाया सुतिरहेको कोठामा प्रवेश गरी घाँटी थिचेर हत्या गरेका थिए। घटनाको सूचना पश्चात घटनास्थल पुगेको प्रहरीको टोलीले घटनाबारे अनुसन्धान अगाडि बढायो। प्रारम्भिक अनुसन्धानमा वृद्धाको घाँटीमा थिचेको जस्तो डाम देखिएको र अनुहारमा समेत आलो घाउ देखिएपछि गरिएको अनुसन्धानमा घटनामा छोरा ओम बहादुर नेपाली र कुमार गुरुङको संग्लनता देखिएपछि उनीहरुलाई पक्राउ गरेको हो ।
हाल पक्राउ परेका उनीहरुमाथि जिल्ला अदालत कास्कीबाट कर्तव्य ज्यान सम्बन्धी मुद्दामा ६ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए।
सम्बन्धित खबर
२ अर्ब बढी रकमको अवैध अनलाइन जुवा खेल्ने/खेलाउने ४ भारतीय नागरिक पक्राउ
पार्किङ गरी राखेको मोटरसाइकल चोर्ने धादिङका गुरुङ पक्राउ
७२ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
कास्कीमा एकनाले भरुवा बन्दुक र लागूऔषध गाँजा सहित १ जना पक्राउ
डिपेन्डेन्ट भिसामा यूके लैजान्छु भन्दै ठगी गर्ने दुई युवक पक्राउ
अदालतबाट दोषी ठहर भई फरार १५३ जना कास्कीबाट पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने