पछिल्लो २४ घण्टामा गण्डकीमा २४६ को परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा गण्डकीमा २४६ को परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण

corona covid gandaki

पोखरा।     पछिल्लो २४ घण्टामा गण्डकीका थप ३ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका २४६ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

सोमबार संक्रमण पुष्टि हुनेमा गण्डकीका दुई जिल्ला कास्की र स्याङ्गजाका छन्। जसमध्ये कास्की जिल्लाका २ जना र स्याङ्गजा जिल्लाका एक जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको छ । आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १ लाख एक हजार ९८० पुगेको छ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट थप १३ जना कोरोना मुक्त भएका छन्। योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या एक लाख ४७९ पुगेको छ। भने, गण्डकीमा हाल ३५ सक्रिय संक्रमित छन्।

गण्डकीमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४६६ रहेको निर्देशनालयले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ