तनहुँमा कुवामा डुबेर ४६ वर्षीया महिलाको मृत्यु

तनहुँमा कुवामा डुबेर ४६ वर्षीया महिलाको मृत्यु

death body

तनहुँ । तनहुँमा पानीको कुवामा डुबेर एक महिलाको मृत्यु भएको छ ।

भिमाद नगरपालिका–३ माझकोट पिपल भन्ज्याङमा कुवामा डुबेर ४६ वर्षीया यमकुमारी थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै घरको पश्चिमतर्फ रहेको कुवामा पानी लिन गएकी थापा डुबेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घटनाबारे उनका श्रीमान केयर सिंह थापाले टेलिफोन मार्फत इलाका प्रहरी कार्यालय भिमादमा जानकारी गराएका थिए। प्रहरी टोली तत्कालै घटना स्थलमा पुगि अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

शव पोष्टमार्टनका लागी भिमाद स्वास्थ्य चौकीमा राखिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ