आउँदो चुनावमा कांग्रेसलाई १३ सिटमा झार्नुपर्छः ओली

आउँदो चुनावमा कांग्रेसलाई १३ सिटमा झार्नुपर्छः ओली

KP Oli pkr (1)

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेसलाई आगामी चुनावमा १३ सिटमा झारिदिने चेतावनी दिएका छन् ।

एमालेको भ्रातृ संगठन अनेरास्ववियुले आज गरेको कार्यक्रममा अध्यक्ष ओलीले केही वर्षअघिको निर्वाचनमा २३ सिटमा सीमित भएको काँग्रेसलाई अब १३ सिटमा झार्नुपर्ने बताएका हुन् ।

उनले यसका लागि तयारीमा जुट्न पनि नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

अध्यक्ष ओलीले युवाहरू पनि काँग्रेस र गठबन्धन सरकारबाट वाक्क भइसकेको अब एमालेलाई भोट दिने विश्वास गरेका छन् ।

उनले आफ्नो पार्टी नेतृत्वको सरकारले कर्मचारीको तलब २५ प्रतिशत बढाएको भन्दै अरु पार्टी सरकारमा गए तलबभत्ता नबढ्ने बताए ।

अध्यक्ष ओलीले एमाले देशको पहिलो पार्टी भएको पनि बताए ।

संसदमा अझै पनि एमालेको ९८ सिट रहेको र देशभरको महौल पनि एमालेकै पक्षमा रहेको उनको दाबी छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds