काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निर्वाचनमा चुनाव चिह्न ‘कलमले कमाल गर्ने’ बताएका छन् ।
बिहीबार होली पर्व विशेष कार्यक्रममा बोल्दै उनले भने, ‘वैशाख ३० गतेको चुनावको बेलामा कलमको कमाल देखिन सक्नुपर्दछ । सत्य र न्यायको रूपमा रहेको त्यो कलमले अवश्य कमाल गर्नेछ, कलमको प्रचार अभियानमा गाउँ–गाउँ, टोलमा जनताको माझमा पुगौँ ।’
उनले पार्टीको समार्थ्य चुनावमा देखिने पनि बताए । खिसिटिउरी गर्नेहरूको हरिबिजोग चुनावले नै देखाउने दावी गरे ।
‘हाम्रो खिसिटिउरी गर्नेहरूको हरिबिजोग त्यही बेलामा थाहा हुनेछ । घमण्डको पोको भएको रावणको नाश भएजस्तै होलिका दहन भएजस्तै त्यस्ताहरूको नाश, दहन होस्,’ उनले भने ।
सम्बन्धित खबर
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते