काठमाण्डौ। आन्तरिक राजश्व विभागले एक महिनामा २८ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । विभागको तथ्याङक अनुसार चालु आर्थिक वर्षको फागुन महिनामा २८ अर्ब ३७ करोड ९५ लाख २८ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।
विभागका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आयकर भ्याट र अन्तशुल्क शीर्षकबाट २८ अर्ब ७२ करोड ५८ लाख ५० हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा ९८.७९ प्रतिशत मात्र राजस्व संकलन गरेको हो ।
विभागले आठ महिनामा २ खर्ब ८५ अर्ब रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको छ । विभागको उक्त तथ्याङक अनुसार चालु आर्थिक वर्षको आठ महिनामा २ खर्ब ८५ अर्ब १७ करोड ८० लाख २१ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।
विभागका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आयकर भ्याट र अन्तशुल्क शीर्षकबाट ३ खर्ब ४ अर्ब ४८ करोड ४३ लाख ३४ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ९३.६६ प्रतिशत मात्र राजस्व संकलन गरेको हो ।
सरकारले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आयकरबाट १ अर्ब ३० अर्ब ६८ करोड ७९ लाख ८८ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । जसमा १ अर्ब २८ अर्ब ७९ करोड ३८ लाख ४० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । घरबहाल करबाट २ अर्ब ५७ करोड १४ लाख ३० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा १ अर्ब ८७ करोड २१ लाख ३३ हजार रुपैयाँ संकलन गरेको तथ्याङकमा उल्लेख छ ।
सम्बन्धित खबर
पूर्वराजालाई पुनको चेतावनी: तानाशाही शासन फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याए हुन्छ
स्वास्नी पाउन नसकेको थारो भनेपछि काकाकाकीको हत्या
पेस्तोल तथा गोलीसहित दुई भारतीय पक्राउ
अवैध सुनचाँदी कारोबार गर्ने ४ जना भारतीय नागरिक पक्राउ
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन