होलीलाई मर्यादित बनाउन कास्की प्रहरीको आग्रह, सुरक्षामा कडाइ गरिने

होलीलाई मर्यादित बनाउन कास्की प्रहरीको आग्रह, सुरक्षामा कडाइ गरिने

holi-traffic

File Photo

पोखरा ।    जिल्ला प्रहरी कार्यालय कास्कीले होली (फागु) पर्वलाई संयमित र आपसी सद्भावका साथ मनाउन आग्रह गरेको छ।

बिहीबार (भोली) परेको होली पर्वलाई लिएर आवश्यक सुरक्षाका तयारी पूरा गरेको जानकारी दिंदै कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीले उच्खृंखल गतिविधि नगर्न र मर्यादित तथा शान्तिपूर्ण तरिकाले होली मनाउन आग्रह गरेका हुन्।

गण्डक न्यूज सँग कूरा गर्दै प्रवक्ता तिवारीले भने – “सद्भाव साट्ने पर्वलाई अत्यन्त सावधानी र मर्यादित भएर मनाउनु हुन जिल्ला प्रहरी कास्की आग्रह गर्दछ, अन्यथा महिला तथा जो कसैलाई जबर्जस्ती रङ्ग दल्ने तथा लोला हान्ने कार्य गर्नु फौजदारी विरुद्धको कसुर हो।”

तिवारीले होली पर्वको दिन पोखराका ठाउँ-ठाउँमा सुरक्षा चेक प्वाइन्ट राखिने जानकारी दिंदै जबर्जस्ती लोला हान्ने तथा रंग दल्ने, हो–हल्ला गर्ने, जबर्जस्ती अमर्यादित गैरकानुनी र उच्छङ्खल व्यवहार गर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने र मोटरसाइकलमा तीन जना सवार रहने सबैलाई कारवाही गरिने जानकारी दिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ