यू–१८ महिला साफः पहिलो खेलमा नेपाल भारतसँग ७–० ले पराजित

यू–१८ महिला साफः पहिलो खेलमा नेपाल भारतसँग ७–० ले पराजित

football-girls-19

काठमाडौँ । साफ यू–१८ महिला च्याम्पियनसिपको पहिलो खेलमा भारतसँग ७–० को फराकिलो हार बेहोरेको छ ।

भारतको जमसेदपुरमा मंगलबार घरेलु टोलीले पहिलो हाफमै ३–० को अग्रता लिएको थियो । दोस्रो हाफमा थप चार गोल गरेपछि भारत ७–० ले विजयी भयो ।

डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनशिपमा नेपाल, भारत र बङ्गलादेश रहेका छन् ।

अब नेपालले दोस्रो खेलमा बिहीबार बङ्गलादेशसँग खेल्नेछ ।

प्रतियोगितामा शीर्ष टोली च्याम्पियन बन्नेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ