स्थानीय निर्वाचनका लागि एक लाख म्यादी प्रहरीको माग, १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेको हुनुपर्ने

स्थानीय निर्वाचनका लागि एक लाख म्यादी प्रहरीको माग, १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेको हुनुपर्ने

myadi police

File Photo

काठमाण्डौ।   सरकारले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलाएको छ।

प्रहरी प्रधान कार्यालयले आज (मंगलबार) साँझ जारी गरेको सूचना अनुसार स्थानीय निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको हो।
म्यादी प्रहरीमा भर्ना हुनका १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका हुनुपर्नेछ। म्यादी प्रहरीका लागि ३० हजार २४० रुपैयाँ, खाद्यान्न बापत एकमुष्ठ ७ हजार २ सय र पोशाक तथा अन्य सामान खरिद गर्न ६ हजार रुपैयाँ दिइने सूचनामा उल्लेख छ।

छनौट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर ४० दिनका लागि खटाइने छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ