नेपाल र साउदी अरबबीच सहयोग सम्झौतामा हस्ताक्षर

नेपाल र साउदी अरबबीच सहयोग सम्झौतामा हस्ताक्षर

saudi1

काठमाडौँ । नेपाल र साउदी अरबबीच सहयोग सम्झौता (जनरल कोअपरेसन एग्रिमेन्ट) मा हस्ताक्षर भएको छ ।

नेपाल भ्रमणमा रहेका साउदीका विदेशमन्त्री फैसल विन फरहान र नेपालका परराष्ट्रमन्त्री नारायण खड्काबीच आज बिहान उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

यस सम्झौतासँगै अब नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायतका क्षेत्रमा सहयोग तथा सहकार्य गर्न बाटो खुलेको छ ।

नेपालको दुई दिने भ्रमणका लागि साउदी राजकुमार समेत रहेका विदेशमन्त्री एवं फरहान २३ सदस्यीय प्रतिनिधि मन्डलसहित सोमबार काठमाडौँ आइपुगेका थिए ।

उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि शिष्टाचार भेट गर्ने बताइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds