नेपाल र साउदी अरवबीच आज द्विपक्षीय वार्ता हुँदै

नेपाल र साउदी अरवबीच आज द्विपक्षीय वार्ता हुँदै

pho

काठमाडौँ । नेपाल र साउदी अरबबीच आज द्विपक्षीय बैठक वार्ता हुँदैछ ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा केही बेरमा द्विपक्षीय वार्ता हुन लागेको हो ।

बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले गर्नेछन् भने साउदी अरवको नेतृत्व साउदीका बिदेशमन्त्री तथा साउदी राजकुमार फैसल बिन फरहान अल साउदले गर्नेछन् ।

बैठकमा नेपाल र साउदी अरव सम्बन्धका सबै आयामहरुमा छलफल गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ।

बैठक सकिएपछि आजै नेपाल र साउदीबीच जनरलको अप्रेसन एग्रीमेन्टमा हस्ताक्षर हुने जनाइएको छ।

बैठकमा सहभागी हुन साउदी बिदेशमन्त्री सोमबार काठमाडौँ आइपुगेका हुन् । उनले आज रास्ट्रपति र प्रधानमन्त्रीसँग शिस्टाचार भेट गर्नेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds