काँग्रेस कास्की क्षेत्र नम्बर १ले चैत्र १२ गते आमसभा गर्ने

काँग्रेस कास्की क्षेत्र नम्बर १ले चैत्र १२ गते आमसभा गर्ने

IMG_20220314_181635

पोखरा । नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर १को बैठकले कोषाध्यक्ष तथा सदस्य मनोनयन गरेको छ ।

क्षेत्रीय सभापति राजेन्द्रमणि लामीछानेको अध्यक्षतामा सोमबार बसेको बैठकले काँग्रेस कास्की क्षेत्र नम्बर १ कोषाध्यक्षमा अमर बहादुर केसि र क्षेत्रीय सदस्यमा बिश्णु प्रदाद शर्मा, राजेश्याम कोईराला डिलमाया गुरुङलाई मनोनयन गरेको छ ।

बैठकले क्षेत्रीय सभापति राजेन्द्रमणि लामीछानेको अध्यक्ष १५ सदस्यीय कार्यसम्पादन समिती समेत गठन गरेको क्षेत्रीय सचिव सरोज केसिले जानकारी दिए ।

बैठकले क्षेत्रीय पदाधीकारी सहित र अन्य सात सदस्य लाई कार्यसम्पादन समितीमा मनोनयन गरेको छ । सदस्यहरुमा सन्तोष तिवारी, सन बहादुर गुरुङ, मोती कुमार क्षेष्ठ, गणेश बिक, भोजराज ओझा, विष्णु प्रसाद शर्मा र डिलमाया गुरुङलाई रहेका छन् ।

कास्की क्षेत्र नम्बर १ मातहतका ३० बटा वडा कार्यसमिती कार्यालय र २ ओटा गाँउपालिका कार्यलयलाई चैत्र ५ गते एकै दिन स्थापना गर्ने निर्णय गरेको केसिले बताए । पार्टीको जागरण अभियानलाई सफल बनाउन चैत्र १२ आमसभ गर्ने निर्णय समेत गरेको सचिव केसीले बताए ।

बैठकमा महानगरका उपसभापती प्रयाग राज भण्डारी, क्षेत्री उपसभापती द्धय कृष्ण कोईराला, दुर्गा सुवेदी सचिव द्धय सरोज केसि, ओम प्रकास गुरुङ, काग्रेस रुपा गाँउपालीका अध्यक्ष बिमल बाबु न्यौपाने र मादि गाँउपालिका अध्यक्ष यम बहादुर गुरुङ सहित ३० ओटै ईकाई सभापतीहरुले पार्टीको जागरण अभियान र निर्वाचनलाई सफल बनाउन लाग्ने बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ