पोखरा । गायक प्रकाश सपुतले केही दिनअघि सार्वजनिक भएको आफ्नो नयाँ गीत ‘पीर’लाई लिएर विवाद सिर्जना भएपछि प्रष्टीकरण दिएका छन् ।
गायक सपुतले फेसबुकमार्फत उक्त गीत कुनै राजनीतिक पूर्वाग्रह राखेर नल्याएको भन्दै पूर्व लडाकूले भोगेको पीडा मात्रै उठाउन खोजेको उनले बताएका छन्।
भिडियोमा प्रस्तुत गरिएका पात्र वास्तविक नै रहेको र आफूले देखेको, संगत गरेका चरित्रलाई गीतमा उतारेको उनले बताए ।
‘म करीब चार वर्ष दोहोरी साँझमा काम गर्दा गाउने, बजाउने, पकाउने र पस्कनेमध्येका थुप्रै सहकर्मीहरू पूर्व लडाकु थिए। उनीहरू चरम निराशावादी कुरा गर्थे। त्यो समयमा नै मैले यो विषय डायरीमा नोट गरेको थिए,’ गायक सपुतले भने, ‘संयोगले अहिले निस्क्यो । यसबाहेक कुनै राजनीतिक पूर्वाग्रह, नियत र उद्देश्य नराखिएको स्पस्ट पार्न चाहन्छु।’
उनले माओवादी सशस्त्र युद्धकै जगमा व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन भएको उजागर गर्न खोजेको बताएका छन्।
उनले पूर्व लडाकू प्रतिकात्मक दृश्यका विषयमा भने आत्मालोचना गरेका छन्। ‘अली बढी कोट्याइएको एउटा दृष्य छ, त्यो आत्मसम्मानसँग जोडिएको प्रतीकात्मक दृष्य हो। प्रतिकात्मक रूपमा राखिएको दृष्यहरूले कसैको आत्मसम्मानमा प्रत्यक्ष असर पुग्न जाने कुरा मैले महशुस गरेँ । यसमा मैले आत्मालोचना गर्छु,’ उनले भने ।
गीतलाई लिएर प्राप्त भइरहेका सबै प्रतिक्रियालाई अध्ययन गरिरहेको सपुतले बताए । ‘मैले गल्ती गरेको हो कि? तपाईंहरु (केहीले गलत बुझ्नुभएको हो, समिक्षा गर्दैछु’ उनले भने ।
सम्बन्धित खबर
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
भदौ २३ र २४ सम्झिँदै ओलीले भने: लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्
राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै कारण एमालेले यो हमला भोग्दैछ: विप्लव
बालुवाटारबाट भागेको होइन, बच्चाबच्चीको खुसीका लागि भागे जस्तो गरेको हुँ: ओली
एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोहमा ३ लाख उतार्ने दाबी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला