नवलपुरमा श्रीमान्को हत्या गरेको आरोपमा श्रीमती पक्राउ

नवलपुरमा श्रीमान्को हत्या गरेको आरोपमा श्रीमती पक्राउ

नवलपुर । श्रीमानको हत्या गरेको आरोपमा नवलपरासी पूर्वबाट एक महिला पक्राउ परेकी छन् ।

बुलिङटार गाउँपालिका–५ राईकोट बस्ने ६५ वर्षीय चमन सिंह भिरकट्टाको हत्या गरेको आरोपमा उनकी पत्नी ६५ वर्षीया श्याम कुमारी भिरकट्टालाई आइतबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।

घरायसी बिवाद हुँदा श्यामकुमारीले श्रीमानलाई बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएका चमन सिंहको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको थियो ।

घटनाबारे ईलाका प्रहरी कार्यालय रुद्रपुरले अनुसन्धान गरिरहेको जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ