बेलायतको यूनिभर्सिटी अफ सण्डरल्याण्डका शैक्षिक कार्यक्रमहरु आईएसएमटी कलेज पोखरामै सञ्चालन गरिएको छ । कलेजका अनुसार विगत १० वर्षदेखि बेलायतका शैक्षिक कार्यक्रमहरु यस कलेजमा सञ्चालन हुँदै आएको छ ।
शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक सबै प्रक्रिया पूरा भइसकेको उक्त कलेजले जनाएको छ । बेलायतका प्रमुख शहरहरू लगायत हङकङमा समेत सण्डरल्याण्ड युनिभर्सिटीको आफ्नै कलेज रहेका छन् । यो विश्वविद्यालयको सम्बन्धनमा विश्वका धेरै देशहरुमा शैक्षिक कार्यक्रम सञ्चालन हुँदै आएको छ । सन् २००१ मा बेलायतको पत्रिका ‘द गार्डियन’ले सण्डरल्याण्ड युनिभर्सिटी बेलायतको नयाँ युनिभर्सिटीमध्ये पहिलो नम्बरमा पर्न सफल भएको जनाएको थियो ।
सन् २००५ मा ‘टाइम्स हाइअर एजुकेसन’को ‘बेस्ट स्टुडेन्टस एक्सपेरियन्स’मा शीर्ष स्थान हासिल गर्न सफल भएको थियो भने सन् २०१९ मा टाइम्स हाइअर एजुकेसनकै यूरोपियन टिचिङ र्यांकिङमा २०१औं स्थानमा पर्न सफल भएको थियो । सोहि युनिभर्सिटीको शैक्षिक कार्यक्रमबाट नेपालका विद्यार्थीले पोखरामा नै बेलायतको डिग्री प्राप्त गरी शैक्षिक लाभ लिन सक्ने कलेजले जनाएको छ ।
सण्डरल्याण्ड युनिभर्सिटीबाट सम्ब्न्धन पाउने पहिलो नेपाली शैक्षिक संस्था समेत आईएसएमटी ग्रुप अफ कलेजेज् हो ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते