युक्रेनमा जारी युद्धमा अमेरिकी पत्रकारको मृत्यु

युक्रेनमा जारी युद्धमा अमेरिकी पत्रकारको मृत्यु

brentrenaud

काठमाडौँ । युक्रेनमा जारी युद्धमा परी एक अमेरिकी पत्रकारको मृत्यु भएको छ ।

युक्रेनको किभ नजिक इरपिन शहरमा रुसी सेनाको गोली लागेर पत्रकार ब्रेन्ट रिनाउडका मृत्यु भएको हो । घटनामा २ जना अन्य पत्रकारहरु पनि घाइते भएको बताइएको छ । उनीहरुलाई अस्पताल लगिएको छ ।

५० बर्षका रिनाउड अमेरिकाका न्युयोर्क टाइम्समा आवद्ध चर्चित पत्रकारका साथै फिल्ममेकर समेत हुन् । रुस युक्रेन युद्धमा मृत्यु हुने उनी पहिलो विदेशी पत्रकार हुन् ।

यसअघि उनले द्धन्द्धग्रस्त मुलुकहरु अफगानिस्तान, हेइटी र इराकमा रहेर पनि काम गरिसकेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds