साउदी अरबमा एकैदिन ८१ जनालाई मृत्युदण्ड

साउदी अरबमा एकैदिन ८१ जनालाई मृत्युदण्ड

Mrityudanda

काठमाडौँ । साउदी अरबमा एकैदिन ८१ जनालाई मृत्युदण्ड दिइएको छ ।

यो संख्या गएको एक वर्षभरिमा दिइएको मृत्युदण्ड भन्दा बढीको हो । साउदी अरबमा गत वर्ष ६९ जनालाई मृत्युदण्ड दिइएको थियो ।

मृत्युदण्ड दिइएका ८१ जनामध्ये ७३ जना साउदीका, सात जना यमनका र एक जना सिरियाका नागरिक छन् ।

उनीहरुमाथि इस्लामिक स्टेट (आइएस), अल–कायदा र हुथी विद्रोहीसँग सम्बन्ध राखेको आरोप लगाइएको सरकारी समाचार संस्था एसपिएले जनाएको छ ।

उनीहरूले महत्वपूर्ण आर्थिक स्थलहरूमा आक्रमण गर्ने योजना बनाएका, सुरक्षा बलका सदस्यहरूलाई निशाना बनाएका वा हत्या गरेका र देशभित्र हतियार लुकाएका अदालतको फैसलामा उल्लेख गरिएको जनाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds