बदली, वर्षा र हिमपातको सम्भावना कहाँ-कहाँ?

बदली, वर्षा र हिमपातको सम्भावना कहाँ-कहाँ?

badali_mausam_ktm

पोखरा । देशको पहाडी भू-भागमा आज (आइतबार) मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको अंशिक प्रभाव रहेको छ।

अहिले बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।

आईतबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र गण्डकी प्रदेश का पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।देशको पूर्वी हिमाली भू-भागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै, राती देशको गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रहि अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds