नेपाल विद्यार्थी संघ बैदाम ६ को सभापतिमा विष्णु पहारी

नेपाल विद्यार्थी संघ बैदाम ६ को सभापतिमा विष्णु पहारी

nabisang

पोखरा । नेपाल विद्यार्थी संघ, पोखरा महानगरपालिका–६ बैदामको सभापतिमा विष्णु पहारी पुन चयन भएका छन् । संघको शनिबार सम्पन्न अधिवेशनले ३१ सदस्य नयाँ कार्यसमिति सहित पहारीलाई सर्वसम्मत सभापतिमा चयन गरेको छ ।

नवनिर्वाचित सभापति पहारीले बैदाममा रहेका सबै विद्यार्थीहरुलाई गोलवन्द गरी उनिहरुको सल्लाह सुझावलाई आत्मसात गरि अघि बढ्ने प्रतिवद्धता जनाए । उनले विगतका तुलनामा नेपाल विद्यार्थी संघ प्रति विद्यार्थीहरुको जनलहर बढ्दै गएको स्पष्ट पारे । बैदाम क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई गोलबद्ध गरि उनिहरुको शिक्षाको स्तर वृद्दि गरि गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई सक्दो आर्थिक सहयोग गर्ने संघको उदेश्य रहेको पहारीले सुनाए ।

सघं उपसभापतिमा अजय बराल र नवराज सुनार, सचिवमा शविना अधिकारी र समिन पौडेल कोषाअध्यक्ष सुबिक्षा थापा सह–कोषाअध्यक्ष रौसिला तामाङ सहसचिवमा सुभाष भट्टराई र पुष्पा भट्टराई चयन भएका छन् ।

यसैगरी, संघको कार्यसमिति सदस्यमा संयोग पहारी, ध्रुब ठाकुर, आदेश बराल, रोहन लामिछाने, सुवर्ण केसी, विजय अधिकारी, निमेश पहारी, सम्राट थापा, विष्णु सुनार, पवन केसी, शिव सुबेदी, निमेश पहारी, श्रीश्यन पहारी, अनिल न्यौपाने, सुमन पहारी, साकार कुवँर, अशिष तमाङ, सुचित पुन, सुशान्त सुवेदी, विबेक भन्डारी, कुन्सन ठोकार र आयुष पहारी रहेका छन् ।

यसअघि कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि कास्की कागे्रसका स.सचिव तथा प्रतिनिधि शंकर ढुङ्गानाले नेविसघंको निति नै पार्टी मजबुद बनाउने रहेकाले संगठनलाई सकृय बनाउने योजनामा लाग्नु पर्ने जोड दिए । उनले टोल र क्षेत्रमा नेपाल विद्यार्थि सघं मार्फत नै पार्टीलाई बलियो बनाउँदै कांग्रेसलाई देशको अगुवा पार्टी बनाउन आवश्यक रहेको बताए । पार्टीको मेरुदण्ड नै सघं भएको बताउदै, आगामि बैशाख ३० गते हुने स्थानिय चुनावको तयारीको लागि वडावडामा सबैले नेविसघं समिति गठन गर्नेु पर्ने, जसले गर्दा तल्लो तहको समिति सम्म कांग्रेसले गरेका कामको जानकारी हुने उनको भनाई थियो ।

पोखरा महानगरपालिका वडा न ६ का वडा अध्यक्ष जगत बहादुर पहारीले नेपाली कांग्रेसको महत्वपूर्ण अंग भनेकै नेविसंघ भएकोले पार्टी मजबुद बनाउन नेपाल विद्यार्थी सघंलाई सकृय बनाउनु पर्ने कुरामा जोड दिए ।

नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि हिरा भट्टराईले नेपाल विद्यार्थी संघले नेपाली कागे्रस पार्टीलाई बलियो बनाउँदै कांग्रेसलाई देशको अगुवा पार्टी बनाउनेमा आफु विश्वस्त रहेको सुनाइन् ।

नेपाली कांग्रेस पोखरा महानगर पालिका ६ का सभापति सन्तोष पौडेलले आसन्न निर्वाचनलाई दृष्टिगत गर्दै कांग्रेसका सबै भातृ संगठनहरु सक्रिय हुनुपर्ने बताए । उनले चुनावमा कांग्रेसका उमेदवारहरुलाई जिताउन संघको सहयोग महत्वपूर्ण रहने हुँदा, नेपाल विद्यार्थी संघलाई सधै सक्रिय रहन आग्रह गरे ।

संघका सभापति विष्णु पहारीको सभा अध्यक्षतामा भएको कार्यक्रममा सचिव सन्देश दहाल, नेपाली कांग्रेस पूर्व इकाइ सभापतिहरु नेत्रपाणी न्यौपाने, लक्ष्मी बहादुर भट्टराई, दिपकविर कुवँर, बलराम गिरि, पोखरा बिश्वविद्यालय नेविसंघ सभापति डिभान भुजेल, जिल्ला प्रतिनिधि शोभाचन्द्र बराल, गिरिजा प्रसाद टोल सभापति गुरुदत्त कोइराला र विद्यार्थी नेता अस्मित कार्कीलगायतले नेविसंघले नेपाली काग्रेस पार्टी भित्र भएका बिकृति र विसंगति जस्ता गतिविधिलाई अन्त्य गर्नका लागि नेपाल विद्यार्थी संघलाई खबरदारी गर्न आग्रह गरे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds