पल शाहका म्यानेजर कृष्ण जोशी तनहुँबाट पक्राउ

पल शाहका म्यानेजर कृष्ण जोशी तनहुँबाट पक्राउ

krishna

तनहुँ । नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन् ।

शाह जोडिएको घटनामा संलग्न रहेको आरोपमा जोशीलाई तनहुँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

शाहका म्यानेजर भनिएका उनले यसअघि युट्युबमा विवादास्पद अन्तर्वार्ता दिएका थिए ।

पक्राउ परेका जोशीलाई प्रहरीले जिल्ला अदालत तनहुँबाट सात दिनको म्यादसमेत लिएको छ।

जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

२७ फागुनमा मात्रै प्रहरीकहाँ आत्मसमर्पण गरेका शाहलाई तनहुँ प्रहरी र नवलपरासी प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ