काठमाडौँ । सरकारले भिजिट भिषाको सम्बन्धमा नयाँ व्यवस्था ल्याएको छ । अध्यागमन विभागले नयाँ कार्यविधी कार्यान्वयनमा नल्याउँदासम्म गृह मन्त्रालयले पछिल्लो व्यवस्थालाई परिमार्जन गरेको हो ।
गृहले १८ बुँदे नयाँ मापदण्डको निर्णय गरी लागू गर्न अध्यागमन विभागलाई निर्देशन दिएको छ । जसमा वार्षिक पाँच लाख आय हुुनुपर्ने र त्यसको आधा बैंकमा मौज्दात हुनुपर्ने प्रावधान राखिएको छ ।
यस्तै खाडी मुलुकभन्दा बाहिर कम्तिमा एकपटक र खाडी मुलुकको हकमा दुई पटक विदेश यात्राको अभिलेख भएका व्यक्तिहरू भिजिट भिषामा जान पाउन सक्ने छन् ।
त्यस्तै, न्यूनतम दुई वर्षभन्दा बढी समय विदेशी मुलुकमा व्यतित गरेको अभिलेखबाट प्रमाणित हुने व्यक्तिहरू, कक्षा १२ वा सो सरहको प्राविधिक/व्यावसायिक सिप दक्षता भई आधिकारिक निकायबाट प्रमाणीकरण भएका वा उच्च शिक्षा हासिल गरेका, अध्येता, विज्ञ, प्राविधिक व्यक्तिहरू, अंग्रेजी वा गन्तव्य मुलुकमा बोलिने भाषाको राम्रो सिप भएका व्यक्तिलगायतले भिजिट भिषा प्राप्त गर्ने व्यवस्था गरिएको छ ।
वैदेशिक रोजगारमा रहेका व्यक्तिले आमा–बाबु, ससुरा–सासू, छोराछोरी, श्रीमान् तथा श्रीमतीलाई विदेशमा भिजिट भिसामा लैजान पाउनेछन् । भिजिट भिसालाई थप वस्तुगत बनाउन यस्तो प्रावधान लागू गरिएको गृह मन्त्रालयले जनाएको छ ।
सम्बन्धित खबर
आजको मौसम पूर्वानुमान
पूर्वराजालाई पुनको चेतावनी: तानाशाही शासन फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याए हुन्छ
स्वास्नी पाउन नसकेको थारो भनेपछि काकाकाकीको हत्या
पेस्तोल तथा गोलीसहित दुई भारतीय पक्राउ
अवैध सुनचाँदी कारोबार गर्ने ४ जना भारतीय नागरिक पक्राउ
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन