रुसी सेनाद्वारा युक्रेनको बाल अस्पतालमा बम प्रहार

रुसी सेनाद्वारा युक्रेनको बाल अस्पतालमा बम प्रहार

Ukraine

काठमाडौं । युक्रेनको मरियुपोलस्थित एक बाल अस्पतालमा रुसी सेनाले प्रहार गरेको बम खस्दा कम्तिमा १७ जना घाइते भएका छन् ।

बम प्रहारबाट अस्पतालको प्रसुती र बालबालिका वार्डमा बढी क्षति पुर्‍याएको जनाइएको छ । अस्पताल भवन नजिकै खसेको बमले जमिनमा निकै ठूलो खाडल समेत बनाएको छ ।

यो आक्रमणपछि युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले आक्रोश व्यक्त गर्दै युद्ध अपराधको संज्ञा दिएका छन् । बालबालिका र नवजात शिशुहरुको भविश्य समेत समाप्त पार्ने जस्ता विवेकहीन आक्रमण तत्काल रोक्न पनि उनले आग्रह गरेका छन् ।

उनले अस्पतालको अवस्थाको भिडियो फुटेज ट्वीट गर्दै रुसको बर्बरताप्रति विश्व कहिलेसम्म चुप लागेर बस्छ भनेर प्रश्नसमेत गरेका छन् ।

संयुक्त राष्ट्रसंघ र विश्व स्वास्थ्य संगठनले पनि अस्पतालमा गरिएको आक्रमणको निन्दा गरेका छन् ।

रुसले भने सो अस्पतालको भवनलाई खाली गराएर युक्रेनी सेनाले प्रयोग गरिरहेकाले आक्रमण गरेको जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds