दुर्घटनामा परी श्रीमानको मृत्यु, श्रीमती घाइते

दुर्घटनामा परी श्रीमानको मृत्यु, श्रीमती घाइते

death body

महोत्तरी । महोत्तरीमा सवारी दुर्घटना हुँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन् ।

बुधबार दिउँसो औरही नगरपालिका वडा–४ स्थित माईस्थान सम्सी सडक खण्डमा गौशालाबाट सम्सी तर्फ जाँदै गरेको प्र.२–०२–००३ प.५१५९ नम्बरको मोटरसाईकल र विपरीत दिशा तर्फबाट आउँदै गरेको ना. ५ ख ७७२७ नम्बरको ट्रक एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाईकल चालक महोत्तरी गौशाला नगरपालिका वडा नं. २ निगौल बस्ने ४० बर्षका रामपुनित ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइते भएका ठाकुरको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाईकलमा पछाडी सवार उनकै श्रीमती ३८ वर्षकी उर्मिला ठाकुर घाइते भएकी छन् । उनको प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ ।

मोटरसाईकल, ट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय गौशालाले नियन्त्रणमा लिएको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ