अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति?

अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति?

egg

पोखरा । नेपाल अण्डा उत्पादक संघले अण्डाको खुद्रा मूल्य बढाएको छ ।

उत्पादनमा महँगिएको लागतसँग सन्तुलन मिलाउन संघको मंगलबार बसेको विशेष बैठकले अण्डाको बिक्री मूल्य नयाँ निर्धारण गरेको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

संघका अनुसार आज बुधबारदेखि लागू हुने अण्डा गोटामा १ रुपैयाँ र क्रेटमा ३५ रुपैयाँ बढाएको छ ।

यसअघि प्रतिगोटा १५ रुपैयाँ रहेको अण्डाको मूल्य प्रतिगोटा १६ रुपैयाँ पुगेको छ ।

प्रतिक्रेट ठूलो अण्डा ३९५ र मिडियम ३६५ रुपैयाँ बिक्री मूल्य निर्धारण गरिएको संघले जनाएको छ ।

माघमा प्रतिक्रेट ठूलो अण्डा ३६५ रुपैयाँ र मिडियम ३३५ रुपैयाँ थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds