पोखरा । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देवी सुवेदी र संविधान सभा सदस्य डिबी नेपालीसहित ४ सय जना नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गर्ने भएका छन् । जसपाका ९ जना केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा सदस्य १३ जना, जिल्ला सदस्य १२ जना, भातृसंगठनका अध्यक्ष ३ जना र अरु पार्टी सदस्यहरु गरी ४ सयजना मंगलबार एमाले प्रवेश गरेका छन् ।
उनीहरुलाई नेकपा एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराएका हुन् । सिर्जनाचोकको साइमन पार्टी प्यालेसमा बिहान १० गते पार्टी प्रवेश कार्यक्रम भएको थियो । सुवेदी र नेपालीसहित संविधान सभा सदस्य कशिम अलि सिद्धिकी, जसपा केन्द्रीय सदस्यसमेत रहेका समाजवादी दलित मुक्ति महासंघका अध्यक्ष रामबहादुर नेपाली, पार्टीको केन्द्रीय सदस्य विष्णुजंग बस्नेत, मनकुमारी बुढा, राजन कार्की तथा पार्वती जिसी, तारा नेपाली, गोपेन्द्रकेशरी न्यौपाने, चन्दा विश्वकर्मा, पर्वतका जिल्ला अध्यक्ष नवीन पुन लगायत एमाले प्रवेश गरेका हुन् ।
‘सुखी नेपाली समृद्धि नेपाल बनाउन एमालेको विकल्प देखिएन,’ देवी सुवेदीले भने, ‘राष्ट्रियताको रक्षा गर्न पनि एमाले नै अघि देखियो ।’ उनले सबल र सक्षम नेतृत्व केपी ओलीमा मात्रै देखिएकाले एमालेमा प्रवेश गरेको उनले बताए । एमालेमा प्रवेश गर्ने अभियान आफूहरुले पोखरामा मात्रै नभई देशैभरि चलाइराखिएको सुवेदीले सुनाए ।
गत साता जसपाका गण्डकी ईञ्चार्ज गणेशमान गुरुङसहित विभिन्न पार्टीका गरी एक हजार बढी एमालेमा प्रवेश गरेका थिए ।
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
म्याग्दीका तुल्सी पुन कोरियामा मृत फेला
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते