घाँटी काटिएको अवस्थामा महिलाको शव फेला

घाँटी काटिएको अवस्थामा महिलाको शव फेला

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बागरेमा एक महिलाको शव फेला परेको छ ।

तरकारी खेती हुँदै आएको जग्गामा बनाइएको टिनको कच्ची टहराभित्र परालले छोपेको अवस्थामा अन्दाजी ३५/४० वर्षीया महिलाको घाँटी काटिएको अवस्थामा शव भेटिएको हो ।

प्रहरीका अनुसार सोमबार राति करिब १० बजे घाँटी अगाडी भागमा गहिरो चोट लागेको, शरिरको अन्य भागहरुमा समेत काटेको चोटहरु र अर्धनग्न अवस्थामा महिलाको शव फेला परेको हो । ती महिलाको नाम ठेगाना भने खुलेको छैन ।

शव पोष्टमार्टमको लागि केएमसी अस्पताल दुवाकोट लगिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ