मोटरसाइकलको ठक्करबाट चेकिङमा खटिएका प्रहरी हवल्दारको मृत्यु, एक जवान घाइते

मोटरसाइकलको ठक्करबाट चेकिङमा खटिएका प्रहरी हवल्दारको मृत्यु, एक जवान घाइते

bike-accident

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० राझाँचोकमा मोटरसाइकलको ठक्करबाट चेकिङमा खटिएका प्रहरी हवल्दारको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दियाको बाँसगढी नगरपालिका–६ घर भई अस्थाई प्रहरी बिट राझाँ बाँकेमा कार्यरत प्रहरी हबल्दार ३६ वर्षीय भुपेन्द्र शाही रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

सोमबार राति ९ बजे ट्राफिक प्रहरीसहितको टोलीले सवारी साधन चेकजाँच गर्दै गर्दा भे १० प ४७५७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका शाहीको उपचारका क्रममा नर्सिङहोम नेपालगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, सोही दुर्घटनामा परी बर्दियाकै बारबर्दिया नगरपालिका–७ घर भई अस्थाई प्रहरी बिट राझाँमै कार्यरत प्रहरी जवान ३५ वर्षीय नरेश चौधरी घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।

ठक्कर दिने मोटरसाइकलसहित चालकलाई जिल्ला प्रहरी कार्यालय बाँकेले नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ