नागार्जुनमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा भेटिए, एकको मृत्यु

नागार्जुनमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा भेटिए, एकको मृत्यु

death body

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–६, रामकोटमा एकै परिवारका ५ जना बेहोस अवस्थामा फेला परेका छन् ।

तीमध्ये एक जनाको मृत्यु भएको पुष्टि भएको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ ।

मृत्यु हुनेमा काठमाडौं महानगरपालिका डल्लु स्थायी घर भइ हाल रामकोट बस्ने ३३ वर्षीय सुवर्णमान प्रधान छन् ।

अन्य चार जनाको मनमोहन अस्पताल, सीतापाइलामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनास्थलमा विषको बट्टा भेटिएको र थप अनुसन्धान भइरहेको छ ।

यसअघि हिजो ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ मा पनि एकैपरिवारका पाँच जना मृत अवस्थामा भेटिएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds