पर्वत । नेपालमै पहिलो पटक सिसैसिसाबाट बनाइएको स्काई ब्रिज सञ्चालनमा आएको छ । सहासिक पर्यटनका लागि उत्कृष्ट गन्तव्य पर्वतको कुश्मा नगरपालिकामा कालीगण्डकी नदीमाथि बनेको स्काई ब्रिज आज सोमबारदेखि सञ्चालनमा आएको हो ।
स्काई ब्रिजको सोमबार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गरेका हुन् ।
हार्नेस जिपलाइन प्रालि कुश्माले जिपलाइन नजिकै बनाएको सिसाको स्काई ब्रिज सोमबारदेखि ब्यवसायीक रुपमै खुल्ला गरिएको कम्पनीका निर्देशक राजकुमार बस्नेतले जानकारी दिए ।
कालीगण्डकी नदीको सतहदेखि झन्डै दुई सय ५० मिटरको उचाइमा रहेको पुलबाट नदी र भिरको दृश्य छर्लङ देखिन्छ । तल हेरेर डर र आनन्द दुवै लिन सक्ने गरी पुल बनेको छ ।
एकै पटकमा ५० जनासम्मले स्काई ब्रिजको मजा लिन सक्ने बस्नेतले जानकारी दिए । पुल ३५ फिट लामो र ११ फिट चौडा छ ।
अहिले युवाहरूको आकर्षण टिकटकमा भएका कारण यसले युवायुवतीलाई आकर्षित गर्ने कम्पनीको विश्वास छ ।
अहिले निर्माण भएको छोटो स्काई ब्रिजको सफलता र प्राविधिक पक्ष हेरेर भविष्यमा विश्वकै लामो सिसाको पुल बनाउने योजना रहेको कम्पनीका निर्देशक बस्नेतले बताए ।
सम्बन्धित खबर
बैशाख १२ः बिर्सन नसकेको भूकम्प
स्याङ्जामा अवैध सामान बरामद, तीनजना पक्राउ
भारतले पानी नदिँदा गण्डक जलविद्युत्को बिद्युत उत्पादन बन्द
विमानस्थल निर्माणमा भएको भ्रष्टाचार र अनियमितता छानविन गर्न कास्की काँग्रेसको माग
र्यान्डम रिडर्स सोसाइटीले मनायो पुस्तक दिवस
तनहुँकी एक महिलाले ढुङ्गाले हानेर चारमहिने छोराको गरे हत्या
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध