रुसद्वारा युक्रेनको राजधानी किएभ सहित ४ सहरमा युद्धविराम घोषणा

रुसद्वारा युक्रेनको राजधानी किएभ सहित ४ सहरमा युद्धविराम घोषणा

ukraine_kherson

पोखरा । रूसले युक्रेनको राजधानी किएभ सहित मरिपोल, खार्किभ, सुमी सहरमा अस्थायी युद्धविराम घोषणा गरेको छ ।

ती सहरमा रहेका सर्वसाधारणलाई सहर छाडेर बाहिर जान सजिलो होस् भनेर रुसी फौजले स्थानीय समयअनुसार बिहान १० बजेदेखि युद्धविराम घोषणा गरेको हो ।

युद्धका कारण सर्वसाधरणको अवस्था चिन्ताजनक भएपछि फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोको अनुरोधमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धविरामको निर्देशन दिएका हुन् । रुसले युद्धविरामका बारेमा संयुक्त राष्ट्र सङ्घ, अन्तर्राष्ट्रिय रेडक्रस लगायत अन्तर्राष्ट्रिय संस्थाहरूलाई पनि जानकारी गराउँदै उद्धारमा सघाउन आग्रह गरेको छ ।

यसअघि मरिपोल सहरबाट सर्वसाधारणको उद्धारका लागि दुई पटक युद्धविराम गरेको भए पनि रुसी सेनाले आक्रमण नरोकेपछि उद्धार हुन सकेको छैन ।

२४ फेब्रुअरीमा रुसी फौजले युक्रेनमा सैनिक कारवाही थालेयता त्यहाँ युद्ध जारी रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds