ललितपुरमा एकै परिवारका पाँच जनाको निसासिएर मृत्यु

ललितपुरमा एकै परिवारका पाँच जनाको निसासिएर मृत्यु

death body

ललितपुर । ललितपुरमा एकै परिवारका पाँच जना मृत फेला परेका छन् ।

कोन्ज्योसोम गाउँपालिका–४ नल्लुमा सोमबार एकै परिवारका ४ जनाको सुतेकै ठाउँमा र १ जनाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत फेला पर्नेमा घरमूली ५५ वर्षीया काइली स्याङताङ, २२ वर्षीया बुहारी सुष्मा स्याङताङ, नौ वर्षीय नाति आशिष स्याङताङ, ५ वर्षीया नातिनी आश्मा स्याङताङ रहेका छन् भने उपचारका क्रममा दुई दिने नातिको पाटन अस्पतालमा मृत्यु भएको छ ।

प्रहरीका अनुसार कोइला बालेर सुतेकाले निसासिएर उनीहरुको मृत्यु भएको हो ।

यस्तै, गम्भीर अवस्थामा रहेका २२ वर्षीय शुभाष स्याङतानको उपचार भइरहेको छ ।

आज बिहान अबेरसम्म उनीहरू नउठेपछि छिमेकीले घरमा हेर्न जाँदा बेहोस अवस्थामा रहेको देखेपछि प्रहरीमा खबर गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ