गण्डकीमा १३२ जनामा परीक्षण गर्दा थप ५ जनामा कोरोना पुष्टि

गण्डकीमा १३२ जनामा परीक्षण गर्दा थप ५ जनामा कोरोना पुष्टि

corona covid gandaki

पोखरा।      पछिल्लो २४ घण्टामा गण्डकीका थप ५ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १३२ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

सोमबार संक्रमण पुष्टि हुनेमा गण्डकीका ३ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका एक जना, म्याग्दीका २ जना र मुस्ताङ जिल्लाका २ जनामा कोरोना पुष्टि भएको छ। आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १ लाख एक हजार ९३२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट १५ संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या १ लाख २९५ पुगेको छ। भने, अहिले प्रदेशभर १७२ सक्रिय संक्रमित छन् ।
गण्डकीमा कोरोना संक्रमणकै कारण हालसम्म ज्यान गुमाउनेको संख्या १४६५ रहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds