पोखरा -२६ बुढीबजारबाट २८२ एम्पुल अवैध लागु औषधसहित युवक पक्राउ

पोखरा -२६ बुढीबजारबाट २८२ एम्पुल अवैध लागु औषधसहित युवक पक्राउ

Dipak-Pariyar

पोखरा ।     कास्की प्रहरीले अवैध लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले पोखरा महानगरपालिका वडा नं -१३ काहुँखोलाबाट आइतबार बिहान पोखरा -२६ बुढीबजार बस्ने २८ वर्षीय दिपक परियारलाई लागु औषध सहित पक्राउ गरेको हो।

प्रहरीका अनुसार परियारले पोखरा नगर क्षेत्रका विभिन्न स्थानमा लागु औषधको कारोबार गर्छन् भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उनलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा उनको साथबाट डाईजापाम ९४ एम्पुल, फेनेरागन ९४ एम्पुल र नुर्फिन–९४ एम्पुल गरी जम्मा २८२ एम्पुल लागु औषध लगायत उनले प्रयोग गरेको ग १२ प ३९७३ नम्बरको मोटरसाइकल सहित नगद ४ हजार र मोवाइल वरामद गरेको हो।

पक्राउ परेका उनीमाथि लागु औषध सम्बन्धी मुद्धामा जिल्ला अदालतबाट ५ दिनको म्याद थपको अनुमति लिएर अनुसन्धान कार्य शुरु गरिएको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ