पल शाहलाई थप १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

पल शाहलाई थप १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

pal-shah

तनहुँ । जिल्ला अदालत तनहुँले अभिनेता पल शाह (पूर्ण विक्रम शाह) लाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
१७ वर्षीया नावालिका लाई बलात्कार गरेको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका शाह माथि यसअघि दिइएको ७ दिनको समय अपुग भएपछि अदालतले थप १२ दिन समय दिएको हो ।

नाबालिग गायिकाले जाहेरी पश्चात अभिनेता शाहलाई प्रहरीले खोजि गरेकोमा शाह गत फागुन १५ मा आफै तनहुँ प्रहरीमा उपस्थित भएका थिए।
उनीमाथि गायिकाका तर्फबाट परिवारले दिएको उजुरीमा शाहले माया-प्रेमको जालमा फसाएर बलात्कार गरेको आरोप छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ