साउदी प्रवेश गर्दा पीसीआर रिपोर्ट नचाहिने, क्वरेण्टिन पनि बस्नु नपर्ने

साउदी प्रवेश गर्दा पीसीआर रिपोर्ट नचाहिने, क्वरेण्टिन पनि बस्नु नपर्ने

Saudi Arebia

काठमाडौँ । साउदीले कोरोना संक्रमण कम भएसँगै यात्रा नीति परिवर्तन गरेको छ ।

हिजो शनिबारदेखि लागु हुनेगरि साउदी प्रवेश गर्नेहरुले पीसीआर रिपोर्ट देखाउनुपर्ने र संस्थागत तथा होटल क्वरेण्टिनमा बस्नुपर्ने नियम खारेज गरेको हो ।

अब साउदी प्रवेश गर्ने यात्रुले विमानस्थलमा नेगेटिभ पीसीआर रिपोर्ट देखाउन नपर्ने त्यहाँको गृह मन्त्रालयको भनाइलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ । यस्तै अब कुनै पनि प्रकारको क्वरेटिनमा बस्नुपर्ने छैन । यात्रु विमानस्थलमा उत्रेर सिधै आफ्नो गन्तव्यमा जान सक्नेछन् ।

साथै मक्का र मदिनामा लागू गरिएको भौतिक दुरीको मापदण्ड पनि हटाइएको छ । तर मास्क लगाउन भने यी ठाउँमा अनिवार्य नै छ ।

यस्तै साउदीले अफगानिस्तान लगायत १५ वटा अफ्रिकी देशमाथि लगाएको सिधा उडानमाथिको प्रतिबन्ध पनि हटाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds