दमौलीमा लागेको आगो निभाउन हेलिकप्टर प्रयोग

दमौलीमा लागेको आगो निभाउन हेलिकप्टर प्रयोग

fire-damauli

तनहुँ । तनहुँको दमौली बजारमा लागेको आगो नियन्त्रणमा आएको छ ।

दमौली बजारको भोर्लेटार चोकस्थित भुपाल हार्डवेयर र ज्योति हार्डवेयरमा बिहान करिब १० बजेदेखि आगलागी भएको थियो।

आगो निभाउन हेलिकप्टरको प्रयोग गरिएको थियो ।

स्थानीय सेना, प्रहरी र वारुण यन्त्रले पनि निभाउन नसकिएपछि काठमाडौंबाट गएको सिम्रिक एयरको हेलिकप्टरले आकाशबाट पानी खन्याएको हो।

उक्त हेलिकप्टरमा क्याप्टेन इन कमाण्ड सुरेन्द्र पौडेल र क्याप्टेन राजेन्द्र दुवाल छन् । उनीहरुसँगै अग्नि नियन्त्रक टोली पनि रहेका छन् ।

गृह मन्त्रालयले पत्र लेखेर सिम्रिक एयरको सहयोग मागेको थियो । त्यसपछि काठमाडौंबाट हेलिकप्टर दमौली गएको थियो ।

आगलागीबाट भएको क्षतिको विवरण भने आएको छैन ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ