दमौली बजारको हार्डवेयरमा भिषण आगलागी, नियन्त्रणको प्रयास जारी

दमौली बजारको हार्डवेयरमा भिषण आगलागी, नियन्त्रणको प्रयास जारी

aaglagi

तस्वीरः बसुन्धरा घर्ती

तनहुँको दमौली बजारस्थित एक घरमा हार्डवयर गोदाममा भिषण आगलागी भएको छ। ब्यास नगरपालिका ४ स्थित एक पसलमा आज बिहान १० बजेपछि आगो लागेको हो ।

अहिलेसम्म आगो नियन्त्रणमा आउन सकेको छैन। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार भुपाल हार्डवेयर पसलमा लागेको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। स्थानीय बासिन्दा र प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

मूख्य बजार क्षेत्रमा आगलागीपछि सडकमा भिड लागेको छ । जसले ट्राफिक अस्तव्यस्तता बढाएको छ ।

तस्वीरः राहुल सुनार/विज्ञान मिश्र

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ