मुस्ताङको मानापाथी हिमालबाट फेरि हिमपहिरो खस्यो, १५ चौरी मरे

मुस्ताङको मानापाथी हिमालबाट फेरि हिमपहिरो खस्यो, १५ चौरी मरे

Him Pahiro 2

तस्बिर स्रोत: टेक्निकल टिप्स युट्युब

मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिकामा रहेको मानापाथी हिमालबाट पुनः हिमपहिरो खसेको छ ।

शनिबार खसेको हिमपहिरोका कारण चौँरीगोठ पुरिएको स्थानीयले बताएका छन् । हिमपहिरोबाट थासाङ गाउँपालिका–२ कोवाङकी सुशीला गौचन र नरप्रसाद गौचनको संयुक्त गोठमा रहेका १५ वटा चौरी मरेको बताइएको छ । त्यहाँ ३९ वटा चौंरी थियो । १४ वटा चौँरी भने जिउँदै भेटिएको छ ।

हिउँदमा जाडो छल्न बेसी झरेका चौरी गोठ गर्मी बढेपछि लेकतर्फ उकालिएको थियो। मानापाथी हिमालको फेदीमा रहेको छिप्लिङ, हेपिम, हुम्लुङ, पड्के, ह्याङ्लिङ, सरेका खर्कमा हिमपहिरो खस्ने गर्छ।

यसअघि गएको कात्तिक २९ गते पनि मानापाथी हिमालबाट हिमपहिरो खसेको थियो । तीन महिना नकट्दै पुनः सोही ठाउँमा हिमपहिरो खसेको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds