गरिब तथा सोझासाझालाई ८ लाख हात पर्छ भन्दै मिर्गौला झिक्न भारत लैजान खोज्ने पक्राउ

गरिब तथा सोझासाझालाई ८ लाख हात पर्छ भन्दै मिर्गौला झिक्न भारत लैजान खोज्ने पक्राउ

काठमाडौं । आर्थिक अवस्था कमजोर भएका सोझासाझा व्यक्तिहरूलाई प्रलोभनमा पारी मृगौला झिक्न भारततर्फ लैजाने तयारी गरिरहेका एक व्यक्तिलाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका -१९ घर भइ हाल काठमाडौं महानगरपालिका-४ डेरा गरी बस्ने ३९ वर्षीय मोती लामा रहेका छन्।

प्रहरीका अनुसार लामाले एउटा मृगौला झिक्दा खासै फरक नपर्ने र ८ लाख रुपैयाँ हात पर्छ भन्दै आर्थिक अवस्था कमजोर भएका सोझासाझा व्यक्तिहरुलाई मिर्गौला झिक्न भारत लैजानको लागि काठमाडौ -१६ माछापोखरी स्थित होटल न्यू दक्षिणकालीमा राखेका थिए। घटनाको जानकारी पश्चात महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीको टोलीले उक्त होटलबाट दुईजना पीडितहरुलाई उद्धार गरेको हो।

पक्राउ परेका लामा विरुद्ध मानब बेचबिखन तथा ओसारपसार उद्योग कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ